काठमाडौं उपत्यकामा चहलपहल सुरु, दशैं विदा सकिएसँगै सरकारी कार्यालयहरु आजदेखि खुल्दै

काठमाडौं- दशैंको तेस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टिका जमरासहित आशिर्वाद लिने क्रम जारी रहने छ ।

टीकाका दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।

यही मान्यताले टीका लगाउन आफन्त तथा मान्यजन कहाँ आउनेजानेको चहलपहल काठमाडौँ उपत्यकामा बढेको छ ।

यस पटकको दसैँमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले सर्वसाधरणले राहत भएको महसुस बताएका छन् । सवारीको चहलपहल बढेपनि सडकमा जामको चाप भने अझै नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैबीच, दशैं मनाउन आ-आफ्नो गाउँघर पुगेकाहरु फर्किने क्रम पनि शुरु भएको छ । दशै मान्न पुर्खौली थातथलो पुगेकाहरु दशै विदा सकिएसँगै राजधानी फर्कन सुरु गरेका हुन् ।

काठमाडौको कोटेश्वर, कंलकी नाकाहरुमा दशै मानाएर राजधानी फर्कनेहरुको भिडभाड बढेको छ । दशैको विदा सकिएसंगै सरकारी कार्यालयहरु पनि आजबाट खुल्दै छन् ।

दशैका अवसरमा फुलपातिदेखि हिजो एकादशीसम्म ५ दिन सार्वजनिक विदा थियो । दशैं विदा सकिएसँगै विभिन्न जिल्लाबाट कर्मथलो संघीय राजधानी काठमाण्डौ फर्कनेहरुको संख्या बढेको छ । दशैंमा सुनसान बनेको काठमाडौं उपत्यका दशैं विदाको अन्त्यसँगै पुन लयमा फर्किदै छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.