एनटीभी न्यूज सातौं वर्षमा

आवाज विहीनहरुको आवाजलाई थप मुखरित गर्ने लक्ष्य

काठमाडौं– नेपाल टेलिभिजन एनटीभी न्यूज प्रसारण आरम्भ भएको आज सात वर्ष पूरा भएको छ ।

२०७१ साल कात्तिक १ गतेबाट प्रसाारण सुरु भएको न्यूज च्यानलले स्थापनाको उद्देश्य अनुरुप जनसरोकारका विविध क्षेत्रसँग सम्बन्धित समाचार तथा समाचारमूलक सामग्रीहरु प्रसारण गर्दै आएको छ । समाचार तथा समसामयिक कार्यक्रमहरुमार्फत एनटिभी न्यूज च्यानलले आम नागरिकको अपेक्षा र त्यसको परिपूर्तिमा राज्यको भूमिकालाई उच्चनैतिक जिम्मेवारी र व्यवसायिक कुशलता सहित प्रसारण गर्दै आएको छ।

आवाज विहीनहरुको आवाजलाई समाचार र समसामयिक कार्यक्रम मार्फत अझ मुखरित गर्न एनटीभी न्यूजले विषयवस्तुमा सुधार गर्दै जाने लक्ष्य राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.