२४ घण्टामा ५९१ जना संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ५९१ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ६ सय ९७ जनाको नमूना परीक्षण गर्दा ५९१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ८ सय ७४ छ ।

उपत्यकाका काठमाडौंमा २०३, ललितपुरमा ४१ । भक्तपुरमा ३० जना संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.