एकल महिला समूह डब्लूएचआरका संस्थापक अध्यक्ष लिली थापालाई मातृशोक

काठमाडौं- मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लूएचआर) का संस्थापक अध्यक्ष लिली थापालाई मातृशोक परेको छ ।

केही समयदेखि विभिन्न रोगबाट अस्वस्थ थापाकी आमा नरेन्द्रकुमारी बस्न्यातको आइतबार उपचारका क्रममा अस्पतालमा निधन भएको हो । उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

बस्न्यातले युवा अवस्थामै विधवा हुन पुगेकी छोरी लिली थापालाई सामाजिक कुरीतिविरुद्ध लड्न ढाडस दिँदै हजारौं एकल महिलालाई एकीकृत गर्न सहयोग गर्नुभएको थियो ।

डब्लूएचआरकी संस्थापक सदस्यसमेत रहनुभएकी बस्न्यातका श्रीमान् नेपाली सेनाका जर्नेल हुमानसिंह बस्न्यातको करिब दुई दशक अघि नै निधन भइसकेको पनि परिवारले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.