पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

स्याङ्जा- स्याङ्जाको भालुपहाडमा गएको पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको स्थानीयवासीको भनाइ छ ।

आज विहान ४ बजे ठुलो चट्टान सहित आएको पहिरोको कारण राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन् । फेदीखोला गाउँपाललिका , सडक विभाग र प्रहरीको सक्रियतामा एकतर्फी सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ । राजमार्ग अन्तर्गत बुटवल पोखरा सडकखण्डमा स्याङ्जा भित्र मात्र दर्जन भन्दा बढी स्थानमा पहिरोको जोखिम बढेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.