बागमती प्रदेशः विश्वासको मतको टुंगो कात्तिक १० गते

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको टुंगो कात्तिक १० गते हुने भएको छ ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत मागेपछि बिहीबार दलका नेताहरुले धारणा राख्नुभएको थियो । विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रप्रसाद पाण्डेको नाम प्रस्ताव गरेका छन् ।

दलीय धारणापछि सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मत माग्ने प्रस्तावमाथिको बाँकी प्रक्रिया १० कात्तिक बुधबार दिउँसो १ बजे बस्ने बैठकमा अघि बढ्ने जानकारी दिनुभयो ।

एमालेको वडा र पालिका अधिवेशनका कारण प्रदेश सभा बैठक एक सातापछि सरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.