सामाजिक सदभाव विथोल्ने प्रयास नगरौंः मुस्लिम आयोग

काठमाडौं– मुस्लिम आयोगले सामाजिक सदभाव विथोल्ने प्रयास नगर्न अपिल गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुक्रबार विज्ञप्ती जारी गर्दै सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम राख्न अपिल गर्नुभएको छ ।

बंगलादेशमा भएको घटनालाई लिएर केही दिनदेखि तराईका कतिपय जिल्लामा हिन्दू र मुस्लिम समूदायबीच धार्मिक सहिष्णुता खलल गर्ने गतिविधि भएको भन्दै आयोगले आम जनसमुदायलाई सचेत गराएको हो ।

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृति विशेषतायुक्त र राष्ट्रिय तथा समृद्धिप्रति आस्थावात् रही एकताको सुत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र भएको उल्लेख गर्दै अध्यक्ष अन्सारीले धार्मिक सहिष्णुता, सामाजिक सदभाव कायम राख्न अपिल गर्नुभएको छ ।

बंगलादेशमा दुर्गा पूजा उत्सवका क्रममा भएको घटनाले धार्मिक रुप लिएपछि स्थिति तनावपूर्ण हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.