देशैभर एकैदिन एमालेको वडा अधिवेशन

बाढी पहिरोका कारण कतिपय जिल्लामा अर्को मितिमा हुने, अध्यक्ष ओलीद्वारा एकैपटक भर्चुअल उदघाटन

काठमाडौं– नेकपा एमालेका देशैभरका वडा कमिटीको अधिवेशन शनिबार एकैदिन भएको छ । बाढी पहिरोका कारण कतिपय जिल्लामा अर्को मितिमा हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

शनिबार नै पार्टी कार्यालय थापाथलीबाट अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उदघाटन गर्नुभयो ।

अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउनका लागि केन्द्रदेखि वडासम्म सर्वसम्मत बनाउने बताउनुभएको छ । उहाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’को आफ्नो पार्टी र माधवकुमार नेपालले फरक ढङ्गले अलग भएपछि एमाले पार्टी नयाँ ढङ्गले अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र अब ठूला समस्या रहेका छैनन् । यो खुशीको कुरा हो ।”

अध्यक्ष ओलीले विगत डेढ वर्षदेखि पार्टीभित्र अत्यन्त गम्भीर समस्या देखिएको उल्लेख गर्दै पार्टीबाट केही समूह अलग भएपछि अहिले ती समस्या आफैँ समाधान भएको बताउनुभयो । “पार्टीमा केही समयअगाडि देखि आन्तरिक विषयलाई बाहिर लगेर छर्ने र विरोधीलाई उत्साहित बनाउने काम भइरहेको थियो,” उहाँले भन्नुभयो, “हामीले प्राप्त गरेको लोकतन्त्र र संविधानको रक्षा तथा विकासका प्रयासमा व्यवधान पुर्‍याउने, देशलाई गम्भीर घाटा र प्रतिगमनमा सहयोग पुर्‍याउने काम भएको थियो । तर पार्टीबाट केही मानिस छोडेर अलग पार्टी बनाएपछि अब पार्टी एक ढिक्का भएको छ ।”

एमालेले कात्तिक ९ गते स्थानीय तहको अधिवेशन पनि एकैपटक गर्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.