प्रदेश १ : मुख्यमन्त्रीको विश्वासको मत अनिश्चित

विराटनगर– प्रदेश नं १ को प्रदेश सभा बैठक कात्तिक १५ गते सम्मको लागि स्थगित भएको छ ।

आजको बैठकमा मुख्यमन्त्रीको विश्वासको मतमाथि छलफल र मतदान हुने कार्यसूची रहेको थियो । बैठक स्थगित भएसँगै प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम समेत अनिश्चित बनेको छ ।

नेपाली कांग्रेस र एमाले पार्टीद्वारा आजको प्रदेश सभा बैठक स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराएपछि विश्वासको मतमाथि छलफल र मतदान हुने आजका लागि पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.