संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नेपाली सेनाद्वारा विशेष कार्यक्रमको आयोजना

काठमाडौं- संयुक्त राष्ट्रसंघको स्थापना भएको दिनको अवसर पारेर नेपाली सेनाले आइतबार विशेष कार्यक्रमको आयोजना गरेको छ ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा रक्षा मन्त्री डा. मीनेन्द्र रिजालको प्रमुख आतिथ्य एवं संयुक्त राष्ट्रसंघीय शान्ति कार्यमा संलग्न हुने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागितामा विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा अतिथिहरुबाट विश्वि शान्ति स्थापनाको सिलसिलामा वीरगती प्राप्त गरेका शान्ति सैनिकहरुको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्नु भएको थियो । कार्यक्रममा शान्ति कार्य निर्देशनालयको प्रस्तुतिकरणका साथै शान्ति स्थापना कार्य सम्बन्धि अन्तर्क्रिया एवं छलफल भएको थियो ।

कार्यक्रममा शान्ति स्थापना कार्यमा खटिएको अवस्थामा वीरगति प्राप्त गर्नु भएका स्व. प्र.से. श्री कविन्द्रजंग थापालाई प्रदान भएको “Dag Hammarskjold Medal“ उहाँको परिवारले नेपाली सेनालाई हस्तान्तरण गर्नु भएको थियो । उहाँको परिवारलाई नेपाली सेनाद्वारा कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, परराष्ट्र सचिव भरतराज पौड्याल, सबै सुरक्षा निकायका प्रमुखहरु, विभिन्न देशका राजदूतहरु, संयुक्त राष्ट्र संघका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, नेपाली सेनाबाट विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

तस्बिरहरु : देवराज केसी/नेपाल टेलिभिजन

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.