कृषक कँडेलेको उदाहरणीय कर्म

चितवन- मुखै अमिलो हुने कागतिले गुलियो आम्दानी हुने उदाहरण चितवनका किसान ज्ञानहरि कँडेलले देखाएका छन् ।

भरतपुर महानगरपालिका-८ गौरीगन्जका किसान कँडेलले अमिलो कागतिको खेति गरेर मनग्य आम्दानी गर्दै आएका हुन् ।

उनले ७ कठ्ठामा गरेको कागति खेतिबाट बार्षीक ५ देखि ६ लाख रुपैयाँ आम्दानी गर्दै आएको किसान ज्ञानहरि कँडेलको भनाइ छ ।

कँडेलको कागति बगैचाबाट दैनिक २५ देखी ३० केजीसम्म उत्पादन हुने गरेको छ । सुन कागती १ र रगपुर लाईम २ जातीको कागति खेति गरेको कँडेलले जानकारी दिए ।

पहिला तरकारी खेति गर्दै आएका कँडेल टेलिभिजनमा कार्यक्रम हेरेपछी कागतितर्फ आकर्षित भएको र अन्य खेतिबाट भन्दा कागति खेतिबाट आम्दानी बढी हुने गरेको भनाई कडेलको छ ।

कागति बजार राम्रो भएको र उत्पादन भएको कागति घरैबाट बिक्री हुने गरेको छ । कागति खेतीबाट आम्दानी राम्रो भएपछि यस खेतिलाई बिस्तार गर्ने र निबुवा पनि लगाउने सोच भएको कँडेलले बताएका छन् ।

व्यवसायिक कृषिबाट नै मनग्य आम्दानी लिन सकिन्छ, पैसा कमाउन बिदेस गइरहनु पर्दैन भन्ने उदाहरण कृषक कँडेल बनेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.