होटल व्यवसायी महासंघद्धारा पर्यटन प्रर्वद्धनका लागि छलफल, भेटघाट र सुझाव संकलन

सुनसरी- होटल व्यवसायी महासंघले प्रदेश १ का विभिन्न जिल्लामा पर्यटन प्रर्वद्धनका लागि छलफल, भेटघाट र सुझाव संकलन अभियान सुरु गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेको नेतृत्वमा आन्तरिक पर्यटन प्रर्वद्धन लक्ष्यसहित निस्किएको टोलीले प्रदेश १ को मुख्य पर्यटकीय गतिविधि हुने क्षेत्रमा छलफल, भेटघाट र सुझाव संकलन अभियान सुरु गरेको हो । साथै टोलीले संगठन विस्तारलाई समेत विशेष प्रथामिकता राख्दै अभियानमा होमिएको हो ।

सो अवसरमा बरिष्ठ उपाध्यक्ष चुकेले होटल व्यवसायीहरुको हकहित र पर्यटन प्रवर्द्धनका लागि महासंघले गरेका कामहरूको बारेमा जानकारी दिनुभयो ।

उहाँले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयाँ रणनीति, तथा कार्यनीति आवश्यक भएको र महासंघले सोही अनुरुप काम गरिरहको जानकारी दिनुभयो ।

त्यसबखत व्यवसायीहरु सबैले खोप पाईसकेकोले नेपाल अब कोरोना भाइरसबाट पूर्ण रुपमा सुरिक्षत रहेको र अन्तरराष्ट्रिय पर्यटन चलायमान भएको भन्दै नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकोले त्यसतर्फ ध्यान दिई प्रवर्द्धनात्मक कार्य गर्न सुझाव दिएका थिए ।

उनीहरुले एकिकृत एजेण्डासहित सरकारले दिने १० दिने पर्यटन काज विदालाई व्यवस्थित बनाई आन्तरीक पर्यटन प्रर्वद्धन रण्नीतिलाई विशेष धयान दिन आग्रह गरेका थिए ।

चुकेसहितको टोलीले प्रदेश १ को जनकपुर, ईटहरी, दमक, विर्तामोड, फिक्कल र ईलाम स्थित होटल संघका प्रतिनिधिहरुसगँ छलपल गरि छिटैँ नयाँ कार्यक्रमसहित महासंघले देशदौडाहा कार्यक्रम ल्याउन माग पनि गरेका थिए ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.