बेलायतमा कोरोना संक्रमण बढेपछि प्रतिबन्धात्मक व्यवस्था लागू गर्न माग

बेलायतमा कोरोना संक्रमण बढ्न थालेपछि प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले सरकारलाई संक्रमण नियन्त्रण गर्ने गरी नयाँ प्रतिबन्धात्मक व्यवस्था प्लान बि लागू गर्न माग गरेको छ ।

विपक्षी दलले घरबाटै काम गर्न र अनिवार्य मास्कको प्रयोग गर्ने गरी नयाँ प्रतिबन्धको घोषणा गर्न सरकारसँग माग गरेको हो ।

कोरोना विरुद्धको खोप कार्यक्रमलाई अझै प्रभावकारी रुपमा संचालन गर्नुपर्ने माग पनि गरिएको छ । बेलायतमा नेसनल हेल्थ सर्भिसले दवाब कम गर्न कोभिड पासपोर्ट अनिवार्य गरेको छ ।

बेलायतले प्लान ए अन्तर्गत् जोखिम समूहलाई कोरोना विरुद्धको बुस्टर डोज खोप दिने, १२ देखि १५ वर्षका बालबालिकालाई कोरोनाको एक डोज खोप लगाउने रहेको छ । जसले खोप लगाउन नमान्ने ठूलो जमातलाई खोप लगाउने उत्प्रेरित गर्ने अधिकारीहरुको दाबी छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.