अलमलमा अदालत: फूल कोर्ट बस्नै सकेन

काठमाडौं- सर्वोच्च अदालतमा आज बस्ने भनिएको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) बस्न सकेन ।

प्रधानन्यायाधीश राणासहित सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको पूर्ण बैठक आजका लागि बस्ने भनी प्रधानन्यायाधीश र नेपाल बार एसोसिशनबीच हिजोको भेटमा तय भएको थियो । न्यायाधीशहरू बैठकमा उपस्थित नभएपछि पूर्ण बैठक बैठक बस्न नसकेको हो ।

यसैगरी आज प्रधानन्यायाधीशले तोक्नुभएको इजलासमा सुनुवाइ पनि हुन सकेन । न्यायाधीशहरू छुट्टै छलफलमा ब्यस्त भएका कारण इजलासमा सुनुवाइ हुन नसकेको हो । यसैबीच न्यायाधीशहरूबीच भोलि मङ्गलबार प्रधानन्यायाधीश राणालाई भेटेर ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.