सुन तस्करी र हत्या प्रकरणका मुख्य अभियुक्त गोरेलाई १० वर्ष कैद सजायको फैसला

मोरङ- जिल्ला अदालत मोरङले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई १० वर्ष कैद सजाय फैसला सुनाएको छ ।

गत असोज १९ गते मोरङ जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गरेको थियो । अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरेपनि सजाय भने तोकेको थिएन ।

अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले १० वर्षकैद, एक लाख जरिवाना र मृतक परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार टिकेन्द्रवीर जंग राणाले बताउनु भयो ।-

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.