आन्तरिक पर्यटकलाई लोभ्याउँदै काभ्रेको ‘चुच्चे ढुंगा’

काभ्रे- काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ९ देवीस्थानडाँडामा रहेको चुच्चे ढुंगामा चढेर र त्यही नजिकै बनाएको पिङ खेलेर मनोरञ्जन लिनका लागि पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको आगमन बढ्न थालेको छ ।

पहिला खाली रहेको देवीस्थानको नाङगो डाँडामा अहिले घोडचडीदेखि पिङको मज्जा लिनका लागि पर्यकटकहरुको घुईचो बढ्न थालेको हो ।

पर्यटकीय क्षेत्र धुलिखेलको देवीस्थानमा मनोरञ्जका साथै आनन्द लिनका लागि पुग्ने गरेका पर्यटकहरुले अब चुच्चे ढुंगामा चढेर सेल्फी लिने गरेकोमा थप मनोरञ्जन लिन पिङ खेल्न समेत पाएपछि झन् आकर्षणनको केन्द्र बनेको छ ।

काभ्रेको धुलिखेल घुम्न आउने पर्यटकहरु जो कोही पनि एक पटक धुलिखेलको हजार सिंढी हुँदै बुद्धको मूर्ति रहेको शान्तिवन पार्क र त्यसमाथिको देवीस्थान डाँडामा रहेको चुच्चे ढुंगा, शान्ति पार्क र त्यही डाँडाको पल्लोपट्टी रहेको शहीद भलभद्र कुँवरको शालिक भएको डाँडामा पुग्ने गर्दछन् ।

वरिपरिको हरियाली वनजंगलको माथि अग्लो डाँडामा बसेर स्वच्छ हावा खेलेर मनोरम हिमश्रृंखलाका दृश्यहरु नियाल्दै पछिल्लो समयमा पीङ खेलेर मनोरञ्जनसमेत लिन पाउने भएकाले देवीस्थानडाँडा सबैको रोजाईमा पर्ने गरेको घुम्नआउने पर्यटकहरु बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.