एमालेका अधिकांश पालिकामा अधिवेशन

काठमाडौं– नेकपा एमालेको महाधिवेशन अन्तर्गत आज पालिकास्तरको अधिवेशन आयोजना गरिएको छ ।

भर्चुअल रुपमा अधिवेशनको उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । निर्वाचनको मिति निश्चित भइनसकेको भए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्नुपर्ने अध्यक्ष ओलीको भनाइ छ । उहाँले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने पार्टी एमाले मात्रै रहेको दाबी गर्नुभयो ।

एमालेले यही कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन गरेको थियो भने आज नगरपालिका र गाउँपलिकास्तरका अधिवेशन गरेको हो । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म बाग्मती प्रदेशको चितवनमा हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.