सुनसरी घटनाको अनुगमनमा मुस्लिम आयोगका अध्यक्ष इनरुवामा

सुनसरी– सुनसरी घटनाबारे अनुगमन गर्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी इनरुवा आउनुभएको छ ।

प्रहरी हिरासतमा मृत्यु भएका मो. हकिम साहको परिवार, प्रहरी, प्रशासनसँग कुरा गर्न अन्सारी इनरुवा आउनुभएको हो । उहाँले सुनसरी जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठकमा आवश्यक राय लिएको जानकारी दिनुभयो ।

अन्सारीले बुधबार सीसी क्यामेराको फुटेजलगायत घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

सामाजिक सद्भाव कायम राख्ने कुरामा आयोग प्रतिबद्ध रहेको बताउँदै अन्सारीले संयमता अपनाउन अपिल पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.