प्रधानन्यायाधिशको राजीनामा माग्ने नेपाल बार एसोशियशनको निर्णय

काठमाडौं-  नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग एक मतले राजीनामा माग्ने निर्णय गरेको छ ।

मंगलबार बसेको बार एसोसिएसनको बैठकले प्रधानन्यायाधीशले सहज निकास नदिए देशैभर चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिनुभयो ।

नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै राजीनामा नदिएमा देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको महासचिव लीलामणि पौड्यालले जानकारी दिनुभयो ।

बैठकले न्यायपालिकाको नेतृत्वमा रहेको व्यक्तिलाई भाग दिएको र न्यायाधीशहरूलाई मानपदवी दिएको भन्दै सरकारको पनि आलोचना गरेको छ । त्यस्तै, नेपाल बारले संविधान संशोधनको विषय पनि उठाएको छ ।

संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको सहभागिता, संसदीय सुनुवाइमार्फत न्यायाधीशको नियुक्ति लगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने नेपाल बारको ठहर रहेको पौड्यालले जानकारी दिनुभयो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएको भेटघाटमा प्रधानन्यायाधीश जबराले राजीनामा दिन अस्वीकार गर्नुभएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.