बाग्मती प्रदेशमा आज विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदै

काठमाडौं- वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्ताव माथि आज मतदान हुँदैछ । त्यसका लागि आज दिउँसो १ बजेका लागि बागमती प्रदेशको प्रदेशसभा बैठक बोलाइएको छ ।

गत बिहीबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत माथि छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्ने कार्यतालिका बनाएको हो ।

बागमती प्रदेशको मुख्यमन्त्री बनेको एक सातामै मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको थियो । बागमती प्रदेशमा हाल १०९ प्रदेशसभा सदस्य कायम रहेका छन् । बहुमतका लागि ५५ सदस्य चाहिन्छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.