प्रधानन्यायाधीश राणाले तोक्नुभयो ११ इजलास

न्यायधीशहरु आन्तरिक छलफलमा

काठमाडौं-सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि ११ वटा इजलास तोक्नुभएको छ । आज प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासहितको पेशी तोक्नुभएको सर्वोच्च अदालतले जनाएको छ ।

यसअघि सोमबार र मंगलबार न्यायाधीशहरुले पेशी बहिष्कार गर्नुभएको थियो । न्यायाधीशहरुले पेशी बहिष्कार गरिरहनुहुँदा प्रधानन्यायाधीश जबरले आज आफू मात्रै रहने पूर्ण इजलासमा पेशी तोक्नुभएको हो ।

इजलासमा वरिष्ठतमका आधारमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहनुभएको छ ।

संवैधानिक इजलासमा एउटा मात्रै मुद्दा पेशीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध गणेश हमालसमेतले दायर गरेको रिट निवेदन संवैधानिक इजलासको पेशीमा छ ।

यता आज पनि पेशी बहिष्कार गर्ने गरी  न्यायाधीशहरु भने आन्तरिक छलफलमा हुनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.