झन् चुलिँदै न्यायालय विवाद

काठमाडौं– न्यायालयभित्र अहिले देखिएको विवाद चुलिँदै गएको छ ।

आज प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले सर्वोच्च अदालतमा तोकेको ११ इजालासमध्ये प्रधानन्यायाधीशको इजलासमा मात्र सुनुवाइ भएको छ । अरू न्यायाधीशको इजलास भने बसेन ।

सर्वोच्चका १५ जना न्यायाधीशले प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने भन्दै इजालसमा नगएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन । आज सर्वोच्चमा प्रधानन्यायाधीशको एकल इजलासबाट भने पाँच मुद्दाको आदेश जारी भयो ।

एउटा मुद्दा तामेलीमा राख्ने आदेश, एउटामा निवेदन फिर्ता, दुइटामा कारण देखाउ आदेश र एउटामा कैफियत प्रतिवेदन माग्ने आदेश भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.