नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पायो

काठमाडौं– नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ ।

निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको जनाएको छ ।

नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको हो ।

आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.