बहराइनमा तीनदेखि ११ वर्षकालाई चिनियाँ खोप सिनोफार्म लगाउन अनुमति

बहराइनले ३ देखि ११ वर्ष समूहका बालबालिकालाई कोरोना विरुद्धको चीनिया खोप सिनोफार्म लगाउन अनुमति दिएको छ ।

बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउनु उपयुक्त हुने निष्कर्ष निकालेका हुन् । बहराइनले बालबालिकाहरुलाई खोप लगाउने बारेमा हिजो मात्रै निर्णय गरेको हो । आजैदेखि खोप लगाउनका लागि फाराम भर्ने व्यवस्था मिलाइएको अधिकारीहरूले जनाएका छन् ।

स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सिफारिसका आधारमा बालबालिकालाई पनि खोप लगाउने प्रक्रिया सुरु गरेको स्वास्थ्य अधिकारीहरुको भनाइ छ । बहराइनको राष्ट्रिय चिकित्सा कार्यदलले कोरोना भाइरस विरुद्ध लड्न विभिन्न उपायहरु अपनाउने सिलसिलामा बालबालिकाहरूलाई पनि खोप लगाउन थालेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.