बारले तिहारपछि आन्दोलनका कार्यक्रम घोषणा गर्ने

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तिहारपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

बारले पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेको र अब कात्तिक २३ बाट निरन्तर हुने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिनुभयो ।

बारले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बार उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीशको राजीनामा माग गर्नुभयो ।

बारले दिएको पाँच दिने अल्टिमेटम आज सकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.