पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, खाना पकाउने ग्यास प्रतिसिलिण्डर ७५ रुपैयाँ बढ्यो

काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।

गएरातिदेखि लागू हुनेगरी एलपिजी ग्यासमा प्रति सिलिन्डर ७५ रुपैयाँ वृद्धि गरी १५ सय ७५ रुपैयाँ पुर्‍याइएको छ ।

त्यसैगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँ बढाइएको छ । हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ ।

खरिद मूल्य नै महँगो परेको र नेपालको सीमा जोडिएको रक्सौल बजारभन्दा नेपालमा पेट्रोल ३७ रुपैयाँ ५३ पैसा र डिजेल ३० रुपैयाँ ६५ पैसा सस्तो रहेको तथा ग्यास प्रति सिलिन्डर ६ सय ५७ रुपैयाँ ८४ पैसा घाटा रहेको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराइले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.