यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि राष्ट्रिय जनगणना प्रारम्भ भएकामा त्यसको सफलताको कामना गर्दै यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था एवं सम्बद्ध सबैमा आह्वान गर्नुभएको छ ।

राष्ट्रिय जनगणना शुभारम्भ भएको अवसरमा सफलताको शुभकामना व्यक्त गर्दै आज दिनुभएको सन्देशमा राष्ट्रपतिले राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराई आफ्ना छरछिमेक तथा परिचितलाई समेत सही विवरण टिपाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । “ठूलो परिमाणमा स्रोत, साधन तथा जनशक्ति प्रयोग हुने र तयारीका लागिसमेत समय लाग्ने भएकाले जनगणनालाई महत्वपूर्ण राष्ट्रव्यापी कार्यक्रमका रूपमा सफल तुल्याउनुपर्दछ”, सन्देशमा उहाँले भन्नुभएको छ ।

आजदेखि सुरु भई आगामी मङ्सिर ९ गतेसम्म सबै नेपालीको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन गर्न केन्द्रीय तथ्याङ्क विभागले मुलुकभरि गणक खटाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.