नेदरल्याण्डमा संक्रमित संख्या बढ्न थालेपछि आशिंक लकडाउन

नेदरल्याण्ड– नेदरल्याण्डमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि तीन साताका लागि आंशिक लकडाउनको घोषणा गरिएको छ ।

संक्रमणको जोखिम बढेपछि नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटीले आइतबार रातिबाट लागू हुने गरी आंशिक लकडाउनको घोषणा गर्नुभएको हो । संक्रमणको नयाँ लहर शुरु भएपछि पश्चिम युरोपमा लकडाउन गर्ने नेदरल्याण्ड पहिलो मुलुक हो ।

संक्रमण नियन्त्रणका लागि अन्य उपाय नभएकाले लकडाउन अपरिहार्य भएको प्रधानमन्त्री मार्कको भनाई छ । पछिल्लो प्रतिबन्ध अनुसार बार, रेस्टुरेन्ट र सुपरमार्केट राति ८ बजेसम्म मात्र खोल्न पाइनेछ । अति आवश्यक बाहेकका पसलहरु साँझ ६ बजे नै बन्द गरिसक्नु पर्ने प्रावधान राखिएको छ ।

व्यवसायिक खेल प्रतियोगिताहरु विना दर्शक खेलाइनु पर्ने भएको छ । यसै गरी सम्भव भएसम्म कार्यालयको काम पनि घरबाटै गर्न भनिएको छ । पछिल्लो २४ घन्टामा मात्रै १६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो संख्या महामारी शुरु भएयताकै सबैभन्दा बढी हो । नेदरल्याण्डमा ८५ प्रतिशत वयस्कले कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.