कांग्रेस पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक आज आज बस्ने भएको छ ।
प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बिहान ९:०० बजेपछि सुरु हुने बैठकमा आइतबार बस्ने केन्द्रीय समितिको एजेन्डा तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गर्ने लगायतका विषयमा छलफल हुनेछ ।
कांग्रेसको आइतबार बस्ने केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिका साथै महाधिवेशन तयारीबारे छलफल हुनेछ ।






प्रतिक्रिया राख्नुहोस्