कांग्रेस पदाधिकारी बैठकमा केन्द्रीय समितिका कार्यसूचीबारे छलफल

काठमाडौं- नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पार्टीको आसन्न १४औँ महाधिवशेनको तयारीका लागि विभिन्न समिति उपसमिति बनाउनेलगायत विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा आज बसेको बैठकमा आजदेखि सुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा पेश हुने प्रस्तावका बारेमा छलफल भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकले महाधिवेशन कार्यतालिका संशोधनलगायत बैठक नभएको अवधिमा भएका काम कारवाही अनुमोदन गर्ने प्रस्तावलगायत कार्यसूची तय गरेको छ ।

साथै विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता अनुमोदन गरिएको उहाँले बताउनुभयो । कांग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका छ ।

कांग्रेसको संशोधित कार्यतालिका अनुसार बाँकी रहेका गाउँ/नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर ३, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक क्षेत्र मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर छ, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मङ्सिर १० गते हुनेछ ।

यसैगरी प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गरिने कार्यतालिका छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.