रौतहटमा सवारी दूर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु

रौतहट- रौतहटको चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडि गएराती पल्टिंदा त्यसमा सवार चार जनाको मृत्यु भएको छ ।

देउमाई नगरपालिकाको जमुनाह सडकखण्डमा अनियन्त्रित भई गाडि खाल्डोमा डुब्दा सवार यात्रुको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै हाम्रा समाचारदाता शैलेन्द्र गुप्ताले जनाएका छन् ।

मृतकहरु भारत चम्पारण जिल्लाका रहेका र उनिहरुको शव गौर अस्पतालमा राखिएको छ । आफन्तजन सम्पर्कमा आएपछि शव बुझाइने प्रहरी बरिष्ट उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.