क्यानडाको ब्रिटिस कोलम्बिया राज्यमा आँधी, राज्य सरकारद्धारा संकटकाल घोषणा

क्यानडाको पश्चिमी राज्य ब्रिटिस कोलम्बियामा आएको आँधीका कारण सडक र रेलमार्ग अवरुद्ध हुँदा संकटकालको घोषणा गरिएको छ ।

आँधीकै कारण आएको पहिरोमा परी एक जना महिलाको मृत्यु भएको छ । अन्य दुई हराइरहेका छन् । आइतबार मध्य रातिदेखि नै आएको आँधी र बाढीमा थुनिएका हजारौं सर्वसाधारणको उद्दारका लागि क्यानेडियाली सैनिक खटाइएको छ ।

प्रधानमन्त्री जस्टिन ट्रुडो अमेरिका भ्रमणमा रहेका बेला आँधी आएका हो । प्रधानमन्त्री ट्रुडोले नागरिकहरु सान्त्वना दिंदै आँधी र बाढीबाट भएको क्षतिको छिटै पुननिर्माण गरिने बताउनु भएको छ ।

जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्को सामना गर्नुपरेको विज्ञहरुले बताएका छन् । प्रभावित क्षेत्रबाट हजारौं सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.