इजलास गठनमा गोलाप्रथा लागु गर्ने सम्बन्धमा छलफल गर्न सर्वोच्चमा ‘फुलकोर्ट’ बैठक

काठमाडौं- सर्वोच्च अदालतमा पूर्ण बैठक (फुलकोर्ट) बस्दै छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दिउँसो १:३० बजेका लागि फुलकोर्ट बैठक राख्नुभएको प्रधानन्यायाधीशको सचिवालयले जानकारी दिएको छ ।
प्रधानन्यायाधीश जबराको राजिनामा माग गर्दै नेपाल बार एशोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरु दुई हप्तादेखि निरन्तर धर्नामा छन ।
त्यस्तै हिजो इजलास बहिष्कार गर्दै आउनुभएको न्यायाधीशहरुले गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने समझदारी गर्नुभएको थियो ।
प्रधानन्यायाधीशले बिहीबारका लागि फुलकोर्ट बोलाउन मुख्य रजिस्ट्रारलाई भन्नुभएको थियो ।
सोही अनुसार आज फुलकोर्ट बैठक बस्न लागेको हो । बैठकमा इजलास गठनमा गोलाप्रथा लागु गर्ने विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्