पहिरोको घेराबन्दिमा परेका गाउँलेको माग : विद्युत आयोजनाको काम छिटो सुरु गर !

 सिन्धुपाल्चोक- गत असारको बाढीका कारण आसपासमा पुगेको क्षतिले चौतर्फि आवागमन बिच्छेद भई प्राकृतिक घेराबन्दिमा परेका सिन्धुपाल्चोक तेम्बाथान र दिपुका स्थानीयले सार्बजनिक सुनुवाइ लिएर गाउँमा आएको ब्रम्हायणी जलबिद्युत आयोजनाको काम छिटो भन्दा छिटो गर्न आग्रह गरेका छन।

आयोजना छिटो सुरुवात भएमा आपत बिपतमा आफुहरुलाई सहयोग मिल्ने अपेक्षाले जुगल गाउँपालिकाको दिपु र तेम्बाथानबासिले आयोजनाको पक्षमा यस्तो वताएका हुन ।

३६.५२ मेगावाटको ब्रम्हायणी र १५.१५ मेगावाटको अपर ब्रम्हायणीको वातवरणीय प्रभाव मुल्यांकनबारे जुगल गाउँपालिकाको वडा नम्बर २ गोल्चे र वडा नम्बर ३ गुम्बाका स्थानीय बीच तेम्बाथानमा सार्बजनिक सुनुवाइ कार्यक्रम भएको हो ।

यीनै वडाहरुमा निर्माणहुने बिद्युत आयोजनाले काम सुरु गरेमा गाउँबासिले बिभिन्न सेवा सुबिधा पाउने अपेक्षाले आफुहरु छिटो भन्दा छिटो आयोजनाको काम सुरु गर्नु पर्ने पक्षमा रहेको स्थानीय जाङबु शेर्पाले बताउनुभयो ।

आयोजना क्षेत्रको वातावरणीय सन्तुलनलाई नबिगारिकन यी दुइवटा आयोजना सन्चालन भएमा यस गाउँका बासिन्दाले रोजगारीसहित बिभिन्न सामाजिक बिकासमा समेत टेवा पाउने भएकाले आफुहरु आयोजना छिटो सन्चालन हुनुपर्छ भन्ने पक्षमा रहेको शेर्पाको भनाइ छ ।

रोजागरी, शिक्षा, स्वास्थ्य तथा सिपबिकासका कार्यक्रमहरुको आवस्यकतालाइ समेटी स्थानीयले आयोजना समक्ष १७ बुँदे माग पत्र पेश गरेको जुगल गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य नुर्वु शेर्पाले जानकारी दिनुभएको छ ।

स्थानीयका मागहरुलाई मुलुकको कानुनसँग नबाझ्ने हदसम्म सम्बोधन गर्दै आयोजना प्रभावित क्षेत्रबासिहरुसँग सहकार्य गरेर अघि बढ्ने आयोजनाका प्रोग्राम कोअर्डिनेटर नारायणकाजि श्रेष्ठले  बताउनुभयो ।

गुम्बा र गोल्चे दुइवटा वडामा पर्ने आयोजनाहरु मध्य १५.१५ मेगावाटको अपर ब्रम्हायणि नेपेमासाल खोलाबाट सुरु भइ सुरुङ तथा हेडरेस पाइप सहित करीव ४ किलोमिटर तल लदाङबेसीमा पावर हाउस रहने छ ।

यसैगरी लदाङ खोला पनि समेटी सुरुङ मार्फत करीव ६ किलोमिटर तल अर्को ३६.५२ मेगावाटको ब्रम्हायणि जलबिद्युत आयोजनाको भने तेम्बाथानमा भूमिगत पावर हाउस बन्ने आयोजनाका इन्जिनियर बिजय राज पाण्डेले जानकारी दिनुभयव ।

अपर ब्रम्हायणि इट्रिगेटेड हाइड्रो फण्ड र ब्रम्हायणि ब्रम्हायणि हाइड्रो पावर कम्पनी प्रालि बुद्धनगरले सन्चालन गर्ने दुबै कम्पनीका कार्यकारी अध्यक्ष भरत पराजुलिले वताए ।

गुम्बा सम्मको कच्चि सडकको पहुँचबाट करिव ८ घण्टा टाढाको पैदलदुरीमा रहेको तेम्बाथानमा यहि कार्तिक ३० गते सार्बजनिक सुनुवाइ सम्पन्न भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.