रोल्पामा बस दुर्घटना : चालकसहित चार जनाकोको मृत्यु, १९ जना घाइते

रोल्पा-  रोल्पामा बस दुर्घटना हँुदा चालकसहित चार जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन् ।

मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय चालक वीरमान बुढा, सोही गाउँपालिका–६ बस्ने ५० वर्षीय कुमार पुन, वडा नं १ बस्ने २९ वर्षीय दीपक रोका रहेको प्रहरीले बताएको छ । एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बस सहिदमार्गबाट २०० मिटर तल खोलामा खसेको छ । गत हप्ता माडी गाउँपालिका घर्तीगाउँको बजार नजिकै जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.