बैतडी जीप दुर्घटना अपडेटः मृतकको सङ्ख्या ६ पुग्यो

बैतडी- बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको जीप कलुवाड मोडमा दुर्घटनामा परेको थियो ।

जीपमा सवार रहेका सात जनामध्ये पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएका २ जना मध्ये १ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

गम्भिर घाइते भएका एक जनाको उपचार भइरहेको छ । मृत्यु हुने सबै दशरथचन्द नगरपालिका–६ का रहेका छन् । दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की र जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको मृत्यु भएको हो ।

राति साढे आठ बजेतिर जीप सडकबाट सात सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.