१२ देखि १७ बर्षसम्मका बालबालिकालाई आज पनि फाइजर खोप लगाउने क्रम जारी

काठमाडौँ- १२ देखि १७ वर्षका बालबालिकालाई आज पनि फाइजर खोप लगाइँदैछ ।

अमेरिकी सरकारले उपलब्ध गराएको एक लाख ६२० मात्रा फाइजर खोप बालबालिकालाइ लगाइँदैछ। झण्डै ४५ हजारलाई पहिलो मात्रा लगाउन पुग्ने खोप शनिबार सम्ममा ७ हजार ३ सय ६४ जनाले मात्रै लगाएका छन् ।

पहिलो चरणमा दिर्घ रोगीलाई मात्रै लगाइएको खोप ठूलो संख्यामा जगेडा बसेकाले १२ देखि १७ वर्ष उमेर समूहका अन्य बालबालिकालाई पनि खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

खोप लगाउन जाँदा बालबालिकाको जन्मदर्ताको प्रमाणपत्र लिएर जान आग्रह गरिएको छ ।

खोप कार्यक्रम खोप उपलब्ध भएसम्म गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अघि तोकिएका ७ प्रदेशका २४ वटा अस्पतालबाट खोप लगाइने व्यवस्था गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.