काठमाडौँ प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई खोप दिने सरकारको तयारी

काठमाडौँ- १२ देखि १७ वर्षका सबै बालबालिकालाई आज पनि फाइजर खोप लगाउने क्रम जारी छ ।

यसैगरी, खोप लगाउन छुटेका १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन शुरु गरिएको छ ।

सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ।

अहिलेसम्म कूल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्यालाई पहिलो मात्रा र २६  प्रतिशत  जनसङ्ख्यालाई दोस्रो मात्रा खोप दिइएको छ ।

यसैबिच काठमाडौँ महानगरपालिकाले उपत्यका प्रवेश गर्ने चारै नाकामा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।

काठमाडौँ प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई उमेर खुलेको प्रमाण आधारमा खोप दिइने तयारी गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.