उच्च अदालतहरुमा बारको विरोधसभा

काठमाडौं- नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बारले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्न लागेको हो ।

चौथाैं चरणको आन्दोलन अन्तर्गत विरोधसभा गर्न बारेले सबै उच्च अदालतमा केन्द्रबाटै प्रतिनिधि पठाएको बारका महासचिव  लीलामणि पौडेलले जानकारी दिनुभयो ।

उच्च अदालत पाटनमा बारका अध्यक्ष चण्डेश्र्वर श्रेष्ठ, कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र केन्द्रीय सदस्य प्रकाश महर्जनले नेतृत्व गर्दै हुनुहुन्छ । उच्च अदालत जनकपुरमा महासचिव लीलामणि पौडेल तथा पूर्वउपाध्यक्ष विनोद शर्मा र सुरेन्द्रकुमार महतोले नेतृत्व गर्दै हुनुहुन्छ ।

महासचिव पौडेलका अनुसार इलाम उच्च अदालतको विरोधसभालाई बारका पूर्वउपाध्यक्षद्वय कुमार शर्मा आचार्य र मदन खड्का तथा केन्द्रीय सदस्य खिमानन्द अधिकारी, धनकुटा उच्च अदालतमा उपाध्यक्ष मानबहादुर रुम्दाली र पूर्वकोषाध्यक्ष मोहन इङ्नामले नेतृत्व गर्दै हुनुहुन्छ ।

यसैगरी, विराटनगर उच्च बारमा पूर्वउपाध्यक्षद्वय टीकाराम भट्टराई र सीताराम राई, राजविराज उच्च अदालतमा उपाध्यक्ष रामचन्द्रसिंह राजपुत, केन्द्रीय सदस्य पञ्जननारायण मण्डल र पूर्वसभासद् एकराज भण्डारी तथा वीरगञ्जमा पूर्वअध्यक्ष हरिहर दाहाल, पूर्वउपाध्यक्ष विनय सिंह र केन्द्रीय सदस्य भीमसेन बन्जराले प्रतिनिधित्व गर्ने महासचिव पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै हेटौँडा उच्च अदालतमा पूर्वमहासचिव विजयप्रसाद मिश्र र केन्द्रीय सदस्य भुवनप्रसाद निरौला, ओखलढुंगा इजलासमा केन्द्रीय सदस्यद्वय गंगासागर खत्री र अञ्जु कायस्थ, उच्च अदालत बुटवल इजलासमा केन्द्रबाट पूर्वउपाध्यक्ष घनश्याम पन्त, पूर्वकोषाध्ष्क्ष सविता भण्डारी बराल र केन्द्रीय सदस्य बालकृष्ण गैरेले नेतृत्व गर्दै हुनुहुन्छ ।

उहाँका अनुसार उच्च अदालत बार पोखरामा पूर्वअध्यक्ष शम्भु थापा, केन्द्रीय सदस्य कल्पना भण्डारी र पूर्वकेन्द्रीय सदस्य तुलसी भट्ट, बागलुङ उच्च अदालत बारमा उपाध्यक्ष सुरेन्द्र थापा, वरिष्ठ अधिवक्ताद्वय पदमनाथ शर्मा र रामप्रसाद घिमिरे, उच्च अदालत नेपालगञ्जमा उपाध्यक्ष सुनीलकुमार श्रेष्ठ, पूर्वउपाध्यक्ष प्रेमबहादुर खड्का र पूर्वमहासचिव रमणकुमार श्रेष्ठ, तुलसीपुर उच्च बारमा उपाध्यक्ष ईश्वरी भट्टराई, केन्द्रीय सदस्य शिवराज पण्डित र पूर्वउपाध्यक्ष प्रह्लाद कार्कीले प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

महेन्द्रनगरमा उपाध्यक्ष रमेशप्रसाद विष्ट, दिपायलमा पूर्वपाध्यक्ष राजेन्द्रबहादुर साउद र रणबहादुर सिंह, सुर्खेत उच्च अदालत बारमा उपाध्यक्ष रक्षा बस्यालले विरोध सभाको नेतृत्व गर्ने बारका महासचिव पौडेलले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.