डुङ्गा डुब्दा बेलायत प्रवेश गर्न खोज्‍ने ३१ आप्रवासीको मृत्यु

बेलायत र फ्रान्सको सिमा क्षेत्रमा पर्ने कालाइस नहरमा डुंगा डुब्दा त्यसमा सवार ३१ जना आप्रवासी नागरिकको मृत्यु भएको छ ।

आप्रवासी ती नागरीकहरुले अवैध रुपमा बेलायत प्रवेश गर्न डुंगा प्रयोग गरेको समाचारमा जनाइएको छ । मृत्यु भएका ३१ मध्ये ५ जना महिला र २ जना बालबलिका समेत रहेको फ्रान्सका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

नहरमा डुंगा डुब्दा अन्य मानिस समेत हराएको हुनसक्ने फ्रान्सका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । सो घटनामा उद्धार गरिएका २ जना घाइतेको उपचार भइरहेको र अन्यको खोजी कार्य भइरहेको समाचार छ ।

यसैबीच, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अवैध रुपमा आप्रवासी नागरिक ओसारपसार गर्ने अपराधीहरुको संजाल तोड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

दुर्घटनापछि टेलिफोन संवाद गर्दै म्याक्रोन र जोन्सनले सो प्रतिबद्धता जनाउनु भएको हो । अन्तराष्ट्रिय आप्रवासी नियोगका अनुसार नहरमै डुंगा डुब्दा यति ठूलो संख्यमा अवैध आप्रवासी नागरिकको मृत्यु भएको पहिलो घटना हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.