राष्ट्रिय जनगणना अन्तर्गत तथ्याङ्क लिने आज अन्तिम दिन

काठमाडौँ- राष्ट्रिय जनगणना अन्तरगत तथ्याङक लिने आज अन्तिम दिन पनि गणकहरुले विवरण संकलन गर्दैछन् ।

यसक्रममा आफ्ना घर-घरमा आउने गणकहरुलाई सही र एकिन विवरण उपलब्ध गराइ सहयोग गर्न केन्द्रीय तथ्याङक विभागले अनुरोध गरेको छ ।

प्रत्येक १०/१० बर्षमा एकपटक हुने जनगणना एक महत्वपूर्ण राष्ट्रिय घटना मानिन्छ । गणकहरुलाई उपलब्ध गराइएको विवरणबाटै राजनीतिक, सामाजिक, शैक्षिक र आर्थिक कार्ययोजनाको खाका तय गरिने हुंदा यसमा सहभागी हुनु आम नागरिकको दायित्व पनि हो ।

१२ औं राष्ट्रिय जनगणना अन्तरगत देशभर ४० हजार गणकका साथै साँढे ८ हजार सुपरिवेक्षक परिचालन गरिएको छ । जनगणना गत मंसिर २५ गतेदेखि शुरु भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.