महिला टी-ट्वान्टी विश्वकप एशिया क्षेत्र छनौट: नेपाल र कुवेतबीचको प्रतिस्पर्धा जारी

काठमाडौँ- आईसीसी वुमन्स टी-ट्‍वान्टी विश्वकप एशिया क्षेत्र छनौटमा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ।

दुबईको आइसीसी एकेडेमी ग्राउन्डमा आज बिहान ११.१५ बजेबाट  सुरु भएको खेलमा कुवेतले टस जितेर ब्याटिङ गर्ने निधो गरेको थियो।

अहिलेसम्म १० ओभर सकिँदा कुवेतले ४ विकेटको क्षतिमा जम्मा २४ रन मात्र जोडेको छ ।

नेपालले आज पनि रनरेटलाई माथि राख्नका लागि कुवेतमाथि गतिलो जीत निकाल्न आवश्यक छ । नेपाल महिला टी-ट्‍वान्टीको बरियतामा १६औं स्थानमा छ भने कुवेत ३७औं स्थानमा रहेको छ ।

गत मंगलबार सम्पन्न खेलमा नेपालले आठ विकेटले भुटानलाई पराजित गर्नु र यता हङकङ युएईसँग हार्नुले नेपालको ग्लोबल छनौटको आशा जिवितै छ ।

आजको खेलपछि नेपालले अब भोलि मलेसियासँग र १२ गते युएईसँग खेल्नेछ । यी सबै बाँकी खेलहरुमा नेपालले राम्रोसँग जित निकाल्न सकेको खण्डमा नेपाल ग्लोबल छनौटमा पर्ने सम्भावना रहन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.