पछिल्लो २४ घण्टामा कोभिड-१९ का ३०८ जना सङ्क्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं-पछिल्लो २४ घण्टामा २८१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार १०४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ८०५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २९८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१६ पुगेको छ ।

यसैगरी देशभर हालसम्म सात हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ७७ हजार ८८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.