त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिने

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्ययालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताउनुभएको छ । गत वर्ष त्रिवि नेतृत्व र आन्दोलनरत करार शिक्षकबीच आन्तरिक प्रतिस्पर्धा गराउन सहमति भएको थियो ।

त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा आज उहाँले भन्नुभयो, “प्रतिस्पर्धामा सफल हुन नसक्नेका लागि राहतको व्यवस्था गरी अवकाश दिने प्रक्रिया मिलाउँछु ।” शैाक्षिक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्य योजना बनाएर अगाडि बढ्न मन्त्री पौडेलले निर्देशन दिनुभयो ।

उच्च शिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ विश्वविद्यालयले ठोस योजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको जनाउँदै अध्यनन अनुसन्धान तथा नियमित पठनपाठनमार्फत प्रवद्र्धन गरी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

हाँले त्रिभुवन विश्वविद्यायले वर्षौंपिच्छे बढ्दै गएको बेरुजु कम गर्दै गत एक वर्षमा रु छ अर्बभन्दा बढी बेरुजु सम्परीक्षण गरेको उल्लेख गर्दै प्रशासनिक तथा सुशासनको मामलामा खरो उत्रेको बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.