सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटासहितको संसदीय प्रतिनिधिमण्डल अन्तर व्यवस्थापिका संघ आइपीयू को १४३ औँ सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएको छ ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्नुहुँदै सभामुख सापकोटाले अन्तराष्ट्रिय सम्मेलनमा नेपालले बहुआयामिक हिसाबले महत्वपुर्ण भएको धारणा राखेको बताउनुभयो ।

नेपालमा संविधान निर्माण देखि हालसम्मको लोकतन्त्रको यात्राका बारेमा विश्व समूदायलाइ जानकारी गराएको बताउनुहुदै सभामुख सापकोटाले शान्तिका लागि सहकार्यलाइ बढाएर जानु आवश्यक रहेको बताउनुभयो ।

आईपीयू सभा मार्फत एकीकृत प्रयासहरूले शान्ति र सुरक्षा प्रवद्र्धन गर्न र न्यायपूर्ण समाज निर्माण गर्न राजनीतिक नेतृत्वको काममा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरिएको सभामुख सापकोटाले बताउनुभयो ।

सम्मेलनका क्रममा असंलग्न राष्ट्रहरुको सभामुखहरुको सम्मेलनमा पनि सभामुख सापकोटा सहभागी हुनुभएको थियो । सम्मेलनमा १२० राष्ट्रको सहभागीता रहेको थियो ।

फरक प्रसङ्गमा सभामुख सापकोटाले संसद्‍मा देखिएको गतिरोध अन्त्य गर्न आफू केन्द्रित हुने बताउँदै संसद्को कामकारबाहीलाई नियमित गर्न सर्वदलीयलगायत सरोकार पक्षसँग तत्काल बैठक राख्‍ने जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.