प्रधानमन्त्रीद्वारा एकैपटक कांग्रेसका सातवटै प्रदेश अधिवेशनको उदघाटन

काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सातवटै प्रदेशको प्रथम अधिवेशन उदघाटन गर्नुभएको छ ।

अधिवेशन उदघाटन गर्दै प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट भए पनि उदघाटनमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो । ‘संविधान जारी भएपछिको पहिलो अधिवेशन भएकाले ऐतिहासिक छ,’ उहाँले भन्नुभयो, ‘भर्चुअल माध्यमबाट भए पनि सहभागी हुन पाएकोमा खुसी छु ।’

देउवाले हरेक परिवर्तनको नेतृत्व गरेको कांग्रेसले विकास र समृद्धिकोसमेत नेतृत्व र अगुवाइ गर्ने बताउनुभयो । उहाँले वर्तमा नेतृत्वलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने दायित्व रहेकाले संगठितरुपमा कार्य गर्नसमेत अभिप्रेरित गर्नुभयो ।

प्रधानमन्त्री देउवाले जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो । प्रधामन्त्री देउवाले भन्नुभयो, “मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईहरुले कांग्रेसलाई थप सशक्त र बलियो बनाउने र जनताको मन जित्ने गरी रणनीति बनाउने विषयमा पनि छलफल गर्नुहुनेछ ।”

लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि सहादत प्राप्त गर्ने योद्धाहरूमा श्रदाञ्जलि अर्पण गर्दै उहाँले जननायक बिपी कोइरालाले छाडेर जानुभएको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर अब सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा उहाँले प्रथम प्रदेश अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सहभागी सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेशहरुमा पहिलोपटक प्रदेश अधिवेशन सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.