कांग्रेस महाधिवेशन: प्रदेश १ मा थापा र बागमती प्रदेशको सभापतिमा बानियाँ निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत ६ वटा प्रदेशको अधिवेशन सम्पन्न भएको छ । यसैक्रममा नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा उद्धव थापा निर्वाचित हुनु भएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको प्रदेश १ समितिको निर्वाचनमा थापाले आफ्ना प्रत्यासी गुरुराज घिमिरेलाई २ मतले पराजित गरी निर्वाचित हुनु भएको हो ।

थापाले ८ सय ४४ मत प्राप्त गर्नु भएको छ भने घिमिरेले ८ सय ४२ मत पाउनु भएको छ यसैगरी उपसभापतिमा रमेशजंग रायमाझी र टंक प्रसाद र्राई, महामंत्रीमा भुपेन्द्र र्राई र उमेश थापा, सह महामंत्रीमा प्रमिला गच्छेदार, खड्ग फागो र विनोद कुमार बस्नेत निर्वाचित भएको निर्वाचन अधिकृत भरत बहादुर थापाले जानकारी दिनुभयो ।

प्रदेश समितिको निर्वाचनमा प्रदेश १ को १४ जिल्लाका १ हजार ७ सय ७० मतदाता रहेकोमा १ हजार ७ सय ५३ मत खसेको थियो ।

यसैगरी दोश्रो चरणमा भएको बागमती प्रदेशको सभापतिमा इन्द्र बानीयाँ निर्वाचित हुनु भएको छ । बानियाँ प्रतिद्वान्द्वी जगदीश्वरनरसिंह केसीलाई १५८ मत अन्तरले पराजित गर्दै प्रदेश सभापतिमा निर्वाचित हुनु भएको हो ।

गत शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो। सो प्रतिष्पर्धाबाट भिमसेनदास प्रधान बाहिरिनु भएको थियो ।

उता नेपाली कांग्रेस प्रदेश नं.२ को अधिवेशन अन्तरगत अझै निर्वाचन प्रकृया शुरु भएको छैन । अधिवेशनको उद्घाटन मंसिर १६ गते भएपनि विभिन्न जिल्लाका मतदाता नामावली प्राप्त नभएका कारण निर्वाचन प्रकृया शुरु नभएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेशको आठ वटा जिल्ला मध्ये सप्तरी ,महोत्तरी ,बारा र रौतहट जिल्लाबाट हालसम्म मतदाता नामाबली लगायतका निर्वाचन परिणाम नपठाएको कारण उम्मेदवारको मनोनयन पत्र दर्ता लगायत निर्वाचनको प्रकृया अगाडि नबढेको प्रदेश नं.२ का निर्वाचन समितिका संयोजक रमेश रिजालले बताउनु भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.