कांग्रेस महाधिवेशन : ४७४३ मध्ये ४६७९ मत खस्यो, मतगणनाको तयारी

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान सकिएको छ ।

कांग्रेसमा कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये ४ हजार ६ सय ७९ मत खसेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ६४ महाधिवेशन प्रतिनिधिले मत हालेनन् ।

मतदान सकिएपछि सभापति पदको मतपेटिका मत गणनास्थलमा पुर्‍याइएको छ । सुरक्षाका लागि पाँच वटा सीसीटीभी जडान गरिएको छ ।

सभापति पदको मतगणना केही बेरमा सुरु हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

सभापतिका तीन वटा मत पेटीका छन् । सभापतिको मत गणना सुरु भएको ३ घण्टामा परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.