३७७९ मतगणना हुँदा शेरबहादुर देउवा १७९८, शेखर कोइराला १४१३ (लाइभ अपडेट)

काठमाडौं– नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाउनुभएको छ । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिनुभएको थियो । जारी मतगणनाको पछिल्लो परिणाम-
गणना भएको जम्मा मत: ३७७९
| १) | शेरबहादुर देउवा | १७९८ |
| २) | शेखर कोइराला | १४१३ |
| ३) | प्रकाशमान सिंह | २८६ |
| ४) | विमलेन्द्र निधि | २०० |
| ५) | कल्याण गुरुङ | १९ |
कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ । १३१८






प्रतिक्रिया राख्नुहोस्