कांग्रेस महाधिवेशनः सभापतिको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा राति पौने १२ बजेदेखि मतगणना सुरु भएको हो । दिँउसो साढे ३ बजेपछि सुरु भएको मतदान राति साढे ९ बजे सम्पन्न भएको थियो ।

निर्वाचन समितिका सदस्य एगराज पोखरेलका अनुसार महाधिवेशनमा कूल ४७४३ मतदातामध्ये ४५६२ जनाले मतदान गरेका छन् । सोमबारको मतदानमा ४६७९ प्रतिनिधिले मतदान गरेका थिए ।

पहिलो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने शेरबहादुर देउवा र डा। शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.